दमक/ विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सम्बद्ध अखिल क्रान्तिकारीको अगुवाईमा बिद्यार्थीहरुले विर्तामोडमा आज प्रदर्शन गरेका छन । बैंक, लघुबित्त र मिटरब्याजीको ठगी र शोषणको विरुद्धमा
संगठनको मेची ब्यूरोको आयोजनामा बिद्यार्थीहरुले प्रदर्शन गरेका हुन । हाम्रा अभिभावकलाई बाँच्न देउ, बैंक तथा लघुवित्त संस्थाको चर्को ब्याज खारेज गर जस्ता नारा लगाउँदै उनीहरुले गरेको प्रदर्शनमा पार्टीका नेता, कार्यकर्ताहरु समेत सहभागी भएका छन ।
