दमक/ गौरादह खानेपानी तथा सरसफाई उपभोक्ता समितिको मंगलबार भएको निर्वाचनको सम्पूर्ण मत परिणाम बाहिर आएको छ । मंगलबार भएको निर्वाचनको मतगणना आज बिहान सकिएको हो ।
सार्वजनिक भएको मत परिणाम अनुसार अध्यक्षमा नगेन्द्र कार्की (नरेश) १००६ मत सहित निर्वाचित भएका छन । उनका प्रतिस्पर्धी कृष्ण प्रसाद बाँस्कोटाले ७९५ मत ल्याएका छन । सचिवमा जगत अधिकारी १०६३ मतसहित बिजयी भएका छन भने सचिव पदका प्रत्यासी पुण्यप्रसाद सिग्देलले ७३८ मत ल्याएका छन ।

लेखा समिति संयोजकमा किशोरकुमार पौडेल १ हजार १४८ मत सहित बिजयी भएका छन । उनी सो निर्वाचननमा सबैभन्दा बढी मतसहित निर्वाचित भएका हुन । उनका प्रतिस्पर्धी तिलकदास तिमल्सिनाले ५४९ मत पाएका छन । लेखा समिति सदस्यहरुमा रुद्रप्रसाद धमला र नारायण काफ्ले विजयी भएका छन । खुल्ला सदस्यहरुमा कुशहरि दाहाल, बिरेन्द्र बस्नेत, सीताकुमारी बुढाथोकी, रमेशकुमार थापा र लिला बहादुर कार्की  विजयी भएका छन । महिला सदस्यहरुमा मन्दिरा खड्का गोमा कडरिया, कौशिला कट्टेल र मुना संग्रौला  निर्वाचित भएका छन ।

Facebook Comments Box