विर्तामोडका एक युवाले गरे आत्मदहको प्रयास

Author Nishkarsha News
२०७९ फाल्गुन ९, मंगलवार १७:५९

बिर्तामोड/ झापाको बिर्तामोडमा मङ्गलवार एक युवकले आत्मदाहको प्रयास गरेका छन् । बिर्तामोड नगरपालिका–७ का ३४ वर्षीय विजय चौधरीले दिउँसो साढे ४ बजे आफैँ शरीरमा पेट्रोल छर्केर आत्मदहको प्रयास गरेका हुन् ।

मुक्तिचौकमा शरीरमा पेट्रोल छर्केर आगो झोसेका चौधरीको ढाडमा आगोले जलेर इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायक उपरीक्षक सुरज कार्कीले बताउनुभयो ।

घाइते चौधरीको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था खतरामुक्त रहेको विएण्डसी अस्पतालले जनाएको छ ।  घटनाबारे थप अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख कार्कीले बताउनुभयो । गोरखापत्रबाट

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्