दमक/नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेशको प्रथम महाधिवेशनबाट अध्यक्षमा अर्जुन जम्नेली राई चुनिएका छन् ।
मोरङको पथरीका स्थायीबासिन्दा राई करीब दुई दशकदेखि पत्रकारितामा क्रियाशील छन् । त्यसैगरी उपाध्यक्षमा फिपराज बेघा चुनिएका छन् । यसैबीच सो अधिवेशनको अवसरमा दश जना अग्रज पत्रकारहरुलाई सम्मान गरिएको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्य र फोनिज केन्द्रीय अध्यक्ष डन्ड गुरुङको विशेष आतिथ्यमा भएको अधिवेशनको उद्घाटन सत्रमा प्रदेश १ का १० जना अग्रज पत्रकारहरुलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा झापाका रमेश समदर्शी, सुनसरीका हर्ष दुब्बा, गोपाल देवान, उदयपुरका कौसल चेम्जोङ, महेश्वर चाम्लिङ, धनकुटाका हेमा चेम्जोङ, सन्जय सन्तोषी राई, बिजयसन्तोषी राई र इलामका सटेन्द्र जबेगु रहेका छन ।
उदयपुरको लिम्चिम्बुङ गाउँपालिका अध्यक्ष मेजर कुमार राईलाई पनि सम्मान गरिएको आयोजकले जनाएको छ । अधिवेशनले संगठनको नेतृत्व समेत चयन गर्ने जनाइएको छ ।

Facebook Comments Box