दमक/  नेपाली कांग्रेसले दमक नगरपालिका वडा नं १० को वडा पार्टी कार्यालय लोकतान्त्रिक आन्दोलनका योद्धा सेनानी स्वर्गीय मुगाधन राई बसेको घरमा सञ्चालन गरेको छ । पार्टी गतिविधि संस्थागत रुपमा थप क्रियाशील बनाउन पार्टी केन्द्रीय सदस्य समेत रहेकी सेनानी स्वर्गीय मुगाधन र आमा कृष्णकुमारीकी सुपुत्री महेन्द्रकुमारी लिम्बुले सो घर उपलब्ध गराएकी हुन ।
दिवंगत सेनानीको सम्झनामा उनीहरुको निजी निवासलाई पार्टी वडा कार्यालय स्थापना गरिएको पार्टीका वडासभापति घनश्याम खनालले जानकारी दिए । शनिवार पार्टीले औपचारिक कार्यक्रम गरी पार्टी कार्यालय सञ्चालनमा ल्याएको हो । केन्द्रीय सदस्य नेतृ लिम्बूले सो कार्यालयको उदघाटन गर्दै बुबाआमाको सपना साकार बनाउन आफूले पार्टी कार्यालय प्रयोजनका लागि सो घर निशुल्क उपलब्ध गराएको घोषणा गरिन ।

Facebook Comments Box