दमक/ उपप्रधान तथा उर्जा मन्त्री राजेन्द्र लिङदेन शनिबार दमकमा आउँदैछन । दमकमा रतुवाखोलाको किनारमा तटबन्धनसंगै रतुवापूल उत्तरतर्फ बाँध तथा सौन्दर्यकरण सम्बन्धिको योजनासहित यहाँ आवश्यक महत्वपूर्ण बिकासका योजनाहरुबारेमा जानकारी लिन लिङदेन दमक आउने भएका हुन ।
राप्रपाका केन्द्रि अध्यक्ष समेत रहेका उनलाई बिहान ९ बजे दमक नगरपालिकामा स्वागत गर्दै महत्वपूर्ण बिकास योजनाहरुका बारेमा जानकारी गराउने कार्यक्रम रहेको राप्रपाका क्षेत्रीय अध्यक्ष समेत रहेका दमक ७ का वडाध्यक्ष भिम पौडेलले जानकारी दिए । रतुवा खोलाको बाँँधसंगै सडक विस्तारको योजनाका बिषयमा उपप्रधान तथा उर्जा मन्त्री लिङदेनले जानकारी लिने र सो क्रममा पार्टीका नेता, कार्यकर्ताहरुसँग पनि भेटघाट र राजनीतिक बिषयमा छलफल हुने पौडेलले बताए ।

Facebook Comments Box