दमक/ वित्तिय संस्थाहरुले मनोमानी रुपमा बढाएको ब्याजदरका विरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको अगुवाईमा विरोध प्रदर्शन गरिएको छ ।
शुक्रबार विर्तामोडमा भएको प्रदर्शनका क्रममा झापाका बैंक, वित्तीय संस्था तथा मिटरब्याजबाट पीडित १० जनाले आफ्नो गुनासोसहित आक्रोश ब्यक्त गरेका थिए । विर्तामोडस्थित पश्चिम बस स्टेशनबाट शुरु भएको विरोध प्रदर्शनमा पीडित व्यक्ति तथा किसान, पार्टीका नेता कार्यकर्ताले हलो जुवा सहित विभिन्न नारा लेखिएका प्लेकार्ड समेत प्रदर्शन गर्दै नाराबाजी गरेका थिए ।


सो अवसरमा पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंह सीले बैंक तथा वित्तीय संस्थाहरुको व्याजदर नघटाएसम्म ऋण नतिर्न आव्हान गर्दै तिनका विरुद्ध गोलवद्व हुन अपिल गरेका छन्,।
बैंक तथा वित्तीय संस्थाहरूको ऋण तिर्ने तर त्यसको ब्याजदर घटाएपछि मात्रै तिर्ने भन्दै पीडितहरुलाई यसका विरुद्ध सडकमा उत्रिने र आन्दोलनको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले गर्ने उनको भनाई छ ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहकार सदस्य होम खतिवडा , पार्टी केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज प्रशान्त सी लगायतका जिल्ला नेताहरूको आतिथ्यता रहेको कार्यक्रममा राज्यसत्ताको दलालिकरण, असफल संसदीय व्यवस्थाका कारण जनतालाई मारमा पारेको र आत्महत्याको बाटोमा र्पुयाएको भन्दै यसको निकास खोज्नुपर्ने बताए । कार्यक्रमको सञ्चालन पार्टीका जिल्ला सचिव सञ्जय सीले गरेका थिए ।

Facebook Comments Box