गौरीगञ्ज/ गौरीगञ्जमा गाउँपालिकामा ३ दिवसीय गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता आज विहिवारदेखि सुरु भएको छ ।
गाैरीगंज गाउँपालिका वार्ड – ६ स्थित खजुरगाछीमा रहेको खजुरगाछी माध्यमिक विद्यालयको प्राङ्गणमा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता २०७९ सुरु भएको हो । विहिवार विद्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति झापाका अध्यक्ष विश्वनाथ बरालले उक्त प्रतियोगिताको उद्घाटन गरेका छन् ।

गाैरीगंज गाउँपालिकाकि अध्यक्ष फूलवती राजवंशीकाे अध्यक्षतामा भएकाे प्रतियाेगिता स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराकासाथ शुरु भएको हाे । प्रतियोगिता फागुन ६ गतेसम्म चल्नेछ ।
गाैरीगंज गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजिनामा सुरु भएको प्रतियोगितामा गाउँपालिकाका सबै वडाका सामुदायीक विद्यालयका छात्रछात्राहरुले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति झापाका प्रमुख बरालले यस्ता किसिमको प्रतियोगिताले विद्यार्थीहरुलाई खेलकुद प्रति अभिरुची बढ्नुका साथै उर्जा थपिने बताएका छन् । शिक्षा र खेलकुदको माध्यमले गाउँपालिकालाई विकसित बनाउने र गाैरीगंज गाउँपालिका वार्ड नं. १ मा रहेकाे खेलमैदानका लागि आवश्यक बजेटकाे लागि पहल गर्ने प्रतिवद्वता व्यक्त गरे । उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताउँदै उनले राष्ट्रपति रनिङ्गशिल्ड जस्ता प्रतियोगिताले भोलीका दिनमा यहाँका बालबालिकाहरुलाई राष्ट्रिय तथा अन्तर्रााष्ट्रिय स्तरका खेलमा समेत भाग लिन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
उद्घाटन कार्यक्रममा गाैरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी, उपाध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथि पुजन न्याैपाने कुवँर, प्रमुख प्रशासकिय अधिकृत सन्ताेष श्रेष्ठ, वार्ड नं. ५ का अध्यक्ष विजय सिंह गन्गाई, निवर्तमान उपाध्यक्ष दिपिन्द्र थापा, प्रअ भिम काेईराला, कल्पना थापालगायतले अा- आफ्ना मन्तव्य राखेका थिए भने वार्ड नं. ३ का अध्यक्ष श्रवण गिरी, वार्ड नं. ४ का अध्यक्ष फेका गिरी, ईलाका प्रशासन कार्यालय गाैरीगंजका प्रमुख चुडामणी अापगाई, ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रमुख जितेश दाहाल, शिक्षक महासंघका अध्यक्ष हरिलाल यादव, शिक्षक संघ गाैरीगंजका अध्यक्ष गाेपाल प्रसाद ताजपुरिया, नेपाल शिक्षक संगठन गाैरीगंजका अध्यक्ष भिम कार्की, आैपचारिक कार्यक्रमकाे स्वागत प्रअ गहेन्द्र विक्रम साह र सञ्चालन लालमणि कटेलले गरेका थिए ।
प्रतियोगितामा   भलिबल (छात्र/छात्रा), कबड्डी (छात्र/छात्रा), एथ्लेटिक्स (दौड ट्रयाक) तर्फ छात्रः १०० मि. ,२०० मि. , ४००मि. , ८००मि. ,१५०० मि. , ३००० मि. ,४X१००मि. रिले, ४X४०० मि. रिले, छात्राः १०० मि. ,२०० मि. , ४००मि. , ८००मि. ,१५०० मि. , ३००० मि. ,४X१००मि. रिले, ४X४०० मि. रिले), उफ्रने र फ्याक्ने (फिल्ड तर्फ) छात्रः- हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्याभलिङ थ्रो, सटफुट, छात्राः- हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्याभलिङ थ्राे लगायत खेलहरू रहेकाे प्रतियाेगिताका अफिसियल पर्सन बरूण कुमार राजवंशीले जानकारी दिए ।

Facebook Comments Box