पोखरा/ म्याग्दीको बेनी नगरपालिका –२ का अध्यक्ष हिराबहादुर थापालाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित समूहले कालोमोसो दलेर दुर्व्यवहार गरेको छ ।
अध्यक्ष थापालाई विप्लव समूहका केही व्यक्तिहरूले वडा कार्यालयमै बिहीबार दुर्व्यवहार गरेका हुन्। वडामा विभिन्न विकास निर्माणको काममा भ्रष्टाचार गरेको आरोप लगाउँदै उनीहरूले कालोमोसो दलेको बताएइएको छ ।
वडामा आएको बजेट हिनामिना गरेको, राजस्व संकलनमा मनलाग्दी गरेको, आफन्तलाई छुट दिएर अरुबाट कर लिएको भनेर वडाअध्यक्षलाई त्यस्तो गरिएको नेकपाले बताएको छ।
विप्लवको निशानामा जनप्रतिनिधी
Nishkarsha News
२०७६ श्रावण ३०, बिहीबार १७:२७