दमक/   झापाको माइपश्चिम क्षेत्रमा क्रियाशील नेपाल प्रेस युनियन माइपश्चिम क्षेत्रीय समितिको यसअघि स्थगित दोश्रो अधिवेशन तथा वनभोज कार्यक्रम आगामी शनिबार हुने भएको छ । यसअघि २७ माघमा गर्ने निर्णय गरिएको सो कार्यक्रम विबिध कारणले स्थागित भएको थियो ।
क्षेत्रीय समितिले दमकबाट उत्तरी क्षेत्रमा पर्ने इलामको चुलाचुलीस्थित चपेटीमा सो कार्यक्रम गर्ने निश्चित गरेको युनियनका क्षेत्रीय समिति संयोजक विष्णु सुब्बाले जानकारी दिए । कार्यक्रममा झापाका करिब एक सय जना पत्रकारसंगै शुभेच्छुकहरु सहभागी हुनेछन । अधिवेशनमा युनियनका संस्थागत गतिबिधिहरुमा सहयोग पुरयाउने व्यक्तित्व तथा संघ संस्थाहरुलाई स्वागत तथा सम्मान समेत गरिने जनाइएको छ ।

Facebook Comments Box