दमक/ झापाको एक सहकारीमा कार्यरत कलेक्टर कर्मचारी हराएको ६ दिनपछि जंगलमा मृत भेटिएका छन । मेचीनगर नगरपालिका वडा नं.१० का ४८ बर्षिय भेषराज खनालको शव हल्दीबारी ५ स्थित शान्ति सामुदायिक वनमा झुण्डिएको अवस्थामा आज बुधबार दिउँसो करिब २ बजे फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार खनालका भाई तोयानाथ खनालले उनी २५ माघमा बिहान साढे ९ बजे सहकारीको काममा जाने भनि गएकोमा घर नफर्किएको भन्दै २६ माघमा इलाका प्रहरी कार्यालय धुलाबारीमा हुलियासहितको निवेदन दिएका थिए ।
उनको खोजी भइरहेकोमा आज सो वनमा सखुवाको रुखमा झुण्डीएको अवस्थामा फेला परेपछि आवश्यक कानुनी प्रकृया पुरा गरी मोष्टमार्टमको लागि उनको शव मेची अस्पताल भद्रपुर पठाइएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।