दमक/नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेशको प्रथम महाधिवेशन उदयपुरको गाईघाटमा शुरु भएको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्य र फोनिज केन्द्रीय अध्यक्ष डन्ड गुरुङको विशेष आतिथ्यमा शुरु भएको अधिवेशनको उद्घाटन सत्रमा प्रदेश १ का १० जना अग्रज पत्रकारहरुलाई सम्मान गरिएको छ ।

सम्मानित हुनेहरुमा झापाका रमेश समदर्शी, सुनसरीका हर्ष दुब्बा, गोपाल देवान, उदयपुरका कौसल चेम्जोङ, महेश्वर चाम्लिङ, धनकुटाका हेमा चेम्जोङ, सन्जय सन्तोषी राई, बिजयसन्तोषी राई र इलामका सटेन्द्र जबेगु रहेका छन ।

उदयपुरको लिम्चिम्बुङ गाउँपालिका अध्यक्ष मेजर कुमार राईलाई पनि सम्मान गरिएको आयोजकले जनाएको छ । अधिवेशनमा फोनिजको सांगठनिक तथा वर्तमान अवस्थामा आदिवासी जनजाती पत्रकारहरुको भुमिकाका बिषयमा समेत छलफल हुनेछ । अधिवेशनले संगठनको नेतृत्व समेत चयन गर्ने जनाइएको छ ।

Facebook Comments Box