दमक/ नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा काम गर्न नदिने र अरूलाई पनि गर्न नदिने तत्त्वहरू सक्रिय रहेको बताएका छन । अहिले सरकार ढाल्ने षडयन्त्र भइरहेको उनको भनाइ छ।

आइतबार गृहनगर झापाको दमकमा आएका ओलीले अनेक प्रकारका षडयन्त्र भइरहेको बताए । सो षडयन्त्रलाई चिर्दै अघि बढ्ने शक्ति सरकारमा रहेकाले निराश नहुन आग्रह गरे ।

देशलाई अघि बढाउने र विकास पक्षधर शक्ति पनि सरकारमा भएकाले निराश हुनुपर्दैन, ओलीले भने । यो सरकारले जनभावनाअनुसार काम गरेर देशका समस्या समाधान गर्ने अध्यक्ष ओलीले प्रष्ट पारे ।

आफ्नो निर्वाचन क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी समस्या, तटबन्धलगायतका समस्या समाधान गर्दै लैजाने ओलीले बताए । कृषिको आधुनिकीकरण, रोजगार सिर्जनालगायतका विषयमा पनि आफ्नो ध्यान गएको उनले बताए ।

आइतबार अपराह्न झापा आएका ओली अबेरसम्म विभिन्न कार्यक्रममा सहभागी भएका छन । आइतबार बेलुका अबेर दमकमा भइरहेको एक धार्मिक अनुष्ठानमा समेत सहभागी भएका छन ।

झापाको गौरादह –४ स्थित डोरामारी माविको नवनिर्मित भवनको ओलिले उद्घाटन गरे । यसैगरी आफ्नै निर्वाचन क्षेत्रको कटकपुर–खयरबारी चाँदु खोलाको पुल उद्घाटन र एक धार्मिक कार्यक्रममा सहभागी बनेका एमाले झापाका अध्यक्ष दीपक कार्कीले बताए । अध्यक्ष्य ओलिलाइ गौरिगन्ज क्षेत्रका बिकास निर्माण र जनजिविकका विभिन्न समस्या जोडिएका मागहरु समेटिएको ज्ञापन पत्र समेत बुझाइएको एमाले नेत्री एवम गौरिगन्ज गाउपालिका उपाध्यक्ष पुजन नेउपानेले जानकारी दिइन्  ।

Facebook Comments Box