दमक/ सवारी दुर्घटनामा घाईते भई उपचाररत दमकका १८ बर्षिय रिवाज पौडेलको स्वास्थ्यमा सकारात्मक सुधार आउन थालेको छ । १० दिनदेखि बिएण्डसी अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा सुधारको संकेत देखिएपनि थप लामो समय सम्म अस्पतालमै राखेर उपचार गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ ।
रिवाजको उपचारमा सहयोग जुटाउन आवश्यक सहजीकरण गरिरहेका मेची सेकेण्ड्री बोर्डिङ स्कूलका प्रिन्सिपल श्रवण पोखरेलका अनुसार सोमबारदेखि रिवाजको स्वास्थ्यमा सुधारको संकेत देखिएको हो । अस्पतालका चिकित्सकहरुलाई उदृत गर्दै पोखरेलले हाल उपचाररत रिवाजमा मस्तिष्कघातको सम्भावना बढेको देखिएको छ ।
पोखरेलको सहजीकरणमा देश विदेशबाट दाताहरुबाट नमुना सहयोग प्राप्त भइरहेको छ । उनलाई विभिन्न ठाउँबाट पोखरेलको सहजीकरणमा दोश्रो पटक ३ लाख ६१ हजार रुपैयाँ थप सहयोग प्राप्त भएको छ । पछिल्लो पटक दमक प्याव्सनका संस्थापक प्रिन्सिपलहरुबाट २५ हजार, आस्था कलेजका बिद्यार्थीहरुबाट १३ हजार ६ सय ५०, गायत्री बिद्यापीठबाट ८ हजार ५५५, सदा शिक्षा निकेतनबाट ५ हजार, दमक बजारका शुभचिन्तकहरुबाट १३ हजार ६१०, मेची बोर्डिङकी भुपू बिद्यार्थी अञ्जु सुवेदीको पहलमा ८५ हजार १८८ रुपैयाँ, अमेरिकामा रहेका निर्मल पोखरेल र रमेश दाहालबाट जनही ५७/५७ हजार रुपैयाँ लगायतको सहयोग प्राप्त भएको प्रिन्सिपल पोखरेलले जानकारी दिए । (थप सहयोगको विस्तृत विवरण तल हेर्नुहोस)

यस अघि सुदिप पन्तको पहलमा अमेरिकामा बस्दै आएका दमकेलीहरुबाट नगद २ लाख ११ हजार रुपैयाँ सहायता प्राप्त भएको थियो । त्यसलगत्तै पोखरेलको सहजीकरणमा मेची सेकेण्ड्री बोर्डिङ स्कूलका सञ्चालक, शिक्षक, बिद्यार्थी र कर्मचारीहरु, सो स्कूलका भुतपूर्व बिद्यार्थीहरु, उनी हाल अध्ययनरत सिद्धार्थ बोर्डिङ स्कूलका शिक्षक, बिद्यार्थी तथा संस्थापकहरु लगायत दमक, काठमाडौं, भारत र न्यूजिलेण्ड लगायतका देशमा बसोबास गर्दै आएका शुभचिन्तकहरुबाट समेत कूल ४ लाख ७१ हजार, ८१० रुपैयाँ सहायता रकम प्राप्त भएको हो ।
उनको विर्तामोडस्थित बिएण्डसी अस्पतालको सघन उपचार कक्षमा राखेर शल्यक्रिया पश्चात आवश्यक थप उपचार प्रकृया अघि बढिरहेको छ ।
उपचार खर्चको अभावमा अस्पताल उपचार सेवानै रोकिने भएकाले पैसाको अभावमा उनको उपचार नरोकियोस भन्ने हेतुले सार्वजनिक अपिल मार्फत उपचारमा सहयोगको याचना गरिएको रिवाजका बुबा शेखर पौडेलले बताएका छन ।

 

Facebook Comments Box