दमक/ आज रक्षाबन्धन तथा जनैपुर्णिमा पर्व हिन्दु धर्मावलम्बीहरुले हर्षौल्लास सहित मनाइरहेका छन् ।

यस पर्वको अवसरमा कतिपय चेली माइतीबीच घर परिवारमा भेटघाट र शुभकामना आदनप्रदान, रक्षा बन्धन बाँध्ने, मिष्ठान्न खानेकुराहरु खाने क्रम चलिरहेको छ भने कतिपयले संस्थागत रुपमा पनि यो पर्व मनाईरहेका छन् ।

जनै पूर्णिमा भएकाले ब्रतबन्ध गरिसकेका ब्राह्मण , क्षेत्री समुदायका पुरुषहरुले आज घर घरमा त कोहि ससुराली र मावली घर सम्म पुगेर जनै फेर्ने काममा व्यस्त भएका छन् । नेपाली पात्रो अनुसार नागपञ्चमीदेखिनै हिउँद शुरु भई चाडपर्वको याम लागिसकेको छ ।

यसै अवसरमा झापाको दमकमा बराल वंश प्रतिष्ठान दमक नगर समितिको आयोजनामा बराल बन्धुहरुले समुहगत रुपमा भेला भई चेलीबेटीहरुको हातबाट रक्षाबन्धन ग्रहण गरेका छन् । प्रतिष्ठानका उपाध्यक्ष समेत रहेका दमकका चलचित्र व्यवसायी एवम् सामाजिक व्यक्तित्व चैतन्य बरालको जन्मदिन समेत परेकाले सो अवसरमा अवसरमा शुभकामना आदनप्रदान गरेर सामुहिक रुपम हर्षोल्लाससाथ पर्व मनाएका हुन् ।

त्यसैगरी दमक ४ स्थित भट्टराई कूल वंश प्रतिष्ठानमा पनि भट्टराई बन्धुहरुले सामुहिक रुपमा मनाउँदै आएको जनैपूर्णिमा तथा रक्षाबन्धन पर्वलाई यस बर्षपनि निरन्तरता दिइएको प्रतिष्ठानका केन्द्रिय अध्यक्ष शेरबहादुर भट्टराईले जानकारी दिए ।

bhattarai.jpg

 

Facebook Comments Box