दमक/ नेकपा एमाले सम्बद्ध नेपाल उद्योग तथा व्यवसायी महासंघ प्रदेस नं १ को आउँदो फागुन २ गते मंगलबार विस्तारित भेला हुने भएको छ। हालै काठमाडौंमा सम्पन्न महासंघको तेस्रो केन्द्रिय विस्तारित बैठकले तय गरेको कार्यक्रम अनुसार प्रदेश नम्बर एकको विस्तारित भेला तथा बैठक २ फागुनमा हुन लागेको हो । नेकपा एमालेको पार्टी कार्यालय विराटनगरमा सो दिन ११ बजे देखि विस्तारित भेला हुन लागेको हो।
भेलामा नेपाल उद्योग तथा व्यवसायी महासंघका केन्द्रिय पदाधिकारीहरु र केन्द्रीय सदस्यहरु सबै,जिल्ला पदाधिकारीहरु सबै ,पालिका अध्यक्ष र सचीवहरु,बस्तुगत संघका केन्द्रिय सदस्री तथा प्रदेश सदस्यहरुको उपस्थिति रहने महासंघका केन्द्रिय अध्यक्ष एलपी सावाँ लिम्बुले बताए। उनले विस्तारित भेलामा केन्द्रीय कमिटिको निर्देशन सम्बन्धमा, प्रदेश,जिल्ला,पालिका अधिबेशन गर्ने सम्बन्धमा ,जिल्लाको रिपोर्टिङ सम्बन्धमा प्रस्तावना रहेको बताए।भेलामा विविध आदेशात्मक जानकारी समेत दिइने बताइएको छ।