दमक/ सवारी दुर्घटनामा घाईते भई उपचाररत दमकका १८ बर्षिय रिवाज पौडेलको उपचारका लागि मेची सेकेण्ड्री बोर्डिङ स्कूलका प्रिन्सिपल श्रवण पोखरेलको सहजीकरणमा देश विदेशबाट दाताहरुबाट  सहयोग प्राप्त भइरहेको छ ।

अस्पतालको बेडमा जिवनमरणको दोसाँधमा छटपटाइरहेका रिवाजको स्वास्थ्य लाभको कामनासहित सहयोगी दाताहरुले थप सहयोग रकम जुटाएका हुन ।
अमेरिकामा बस्दै आएका दमकेलीहरुबाट नगद २ लाख ११ हजार रुपैयाँ सहायता प्राप्त गरेको उनको परिवारलाई उनले यसअघि कक्षा १० सम्म अध्ययन गरेको मेची सेकेण्ड्री बोर्डिङ स्कूलका सञ्चालक, शिक्षक, बिद्यार्थी र कर्मचारीहरु, सो स्कूलका भुतपूर्व बिद्यार्थीहरु, उनी हाल अध्ययनरत सिद्धार्थ बोर्डिङ स्कूलका शिक्षक, बिद्यार्थी तथा संस्थापकहरु लगायत दमक, काठमाडौं, भारत र न्यूजिलेण्ड लगायतका देशमा बसोबास गर्दै आएका शुभचिन्तकहरुबाट समेत कूल ४ लाख ७१ हजार, ८१० रुपैयाँ सहायता रकम प्राप्त भएको हो ।

गत शुक्रबार स्कूटर दुर्घटनामा परेका रिवाजको टाउकोको शल्यक्रिया गरिएको छ । उनको विर्तामोडस्थित बिएण्डसी अस्पतालको सघन उपचार कक्षमा राखेर शल्यक्रिया पश्चात आवश्यक थप उपचार प्रकृया अघि बढिरहेको छ । उनको स्वास्थ्यमा सुधारको आशा गर्न सकिने चिकित्सकहरुले बताउँदै आएका छन ।
उनको उपचारमा अहिले सम्म १५ लाख रुपैयाँ हाराहारीमा रकम खर्च भइसकेको र थप के कति रकम खर्च लाग्ने भन्ने यकिन छैन । उनको स्वास्थ्यमा आउने सुधार र थप परिक्षणहरुको प्रकृया जारी रहेको छ । उपचार खर्चको अभावमा अस्पतालमा उपचार सेवानै रोकिने भएकाले पैसाको अभावमा उनको उपचार नरोकियोस भन्ने हेतुले सार्वजनिक अपिल मार्फत उपचारमा सहयोगको याचना गरिएको रिवाजका बुबा शेखर पौडेलले बताएका छन ।

हेर्नुहोस थप सहयोग गर्ने दाताहरुको विवरण

Facebook Comments Box