३४ जना दलित छात्राको शैक्षिक निरन्तरताका लागि शान्ति समाजको प्रोत्साहन

Author Nishkarsha News
२०७९ माघ २६, बिहीबार ०९:३८

मोरङ/ मोरङका तीनदर्जन गरिब दलित छात्राहरुलाई मानवअधिकार तथा शान्ति समाज नेपालले पढाइमा प्रोत्साहन दिइरहेको छ ।
विपन्न दलित छात्राहरुको माध्यमिक शिक्षामा पहुँच बढाउन गत बर्षदेखी पाँचबर्षे छात्राबृत्ती अभियान सञ्चालन गरि शान्ति समाज नेपालले मोरङको कटहरी र धनपालथान गाउँपालिकाका तीनदर्जन गरिब दलित छात्राहरुलाई बर्षेनी छात्राबृत्ती प्रदान गरि पढाईमा प्रोत्साहन गर्न थालेको हो ।
‘छोरी पढाऔ गरिमा बढाऔँ’ भन्ने आह्वानसहित ६ कक्षामा पढने दलित छात्राहरुलाई गत बर्षदेखी छात्राबृत्ती प्रदान गर्न थालिएको र कक्षा १० सम्म पुगुन्जेल निरन्तर जनही १२ हजारका दरले छात्रबृत्ती प्रदान गरिरहने मानवअधिकार तथा शान्ति समाजका निवर्तमान सभापति गोबिन्द खनालले बताए ।
पुर्व सभापति खनालका अनुसार समाजले यो बर्षका लागि २५ माघमा मोरङको कटहरी गाउँपालिका स्थित थलाहाको जनता माविमा औपचारिक कार्यक्रम आयोजना जम्मा ३४ जना दलित छात्राहरुलाई जनही १२ हजार रुपैया छात्राबृत्ती प्रदान गरेको छ ।
छात्राबृत्ती पाउनेहरुमा कक्षा७मा अध्यनरत कटहरी थलाहा स्थित जनता माविका २७जनार धनपालथान गाउँपालिकाको दादरबेरिया स्थित सरस्वती माविका ७जना विपन्न दलित छात्राहरु रहेका छन ।
शान्ति समाज नेपालले पहिलो वर्ष २०७८ मा ६ कक्षामाअध्ययनरत ३७ जना बालिकालाई छात्रवृत्ति प्रदान गरेको थियो । तर तीमध्ये तीन जनाले बिद्यालय छाडेकोले यो बर्ष ३४ जनाले मात्र छात्रबृत्ती पाएका छन ।
छात्रबृत्ती वितरण कार्यक्रममा शान्ति समाज नेपालका केन्द्रिय सभापति रामकृष्ण बराल, पुर्व उपसभापति गोबिन्द खनाल , उत्तम पुडासैनी , सचिवलक्ष्मीनारायण मिश्र , मोरङका सभापति प्राडा जीवन ढकाल सहभागीथिए । कार्यक्रममाजनतामाविकाप्रअ रामनारायण बिश्वास, सरस्वतीमाविकाशिक्षकहरु हरी कट्टेल, भगवान पुडासैनी, धनथापा, लगायतले शान्ति समाजले दलित समुदायका छात्राहरुको शिक्षामापहुँच बढाउन थालेको पाँचबर्षे छात्राबृत्ती अभियानको प्रंशंसा गरेकाथिए ।
पाँचवर्षसम्मप्रदानगरिने यो छात्रवृत्तिअभियानकालागि यो बर्ष शान्ति समाजका सदस्य र शुभचिन्तकहरु रामप्रसादजोशीले २ जना, अनुजा खनालले २ जना, संवत थापाले २ जना र उर्मिला पराजुलीले २ जनालाई सहयोग प्रदान गरेका थिए ।
यसैगरी रामकृष्ण बराल, गोविन्द खनाल, होमकान्त चौलागाई, उत्तम पुडासैनी, रत्नलक्ष्मी श्रेष्ठ, कृष्णबहादुर रावल, डिकप्रसाद घिमिरे, विकास थापा, नम्रता खरेल, सुदीप रिजाल, किरण ढकाल, भेषराज पोखरेल, डिल्लीबहादुर कार्की, दिलबहादुर कार्की, कोमलप्रसाद शर्मा, यमुना कँडेल, रामबाबु दाहाल, लोचन रिजाल, राजेन्द्र खनाल, भैरव रिजाल, अच्युत बराल, मीना चौलागाई, राधिका खनाल, लक्ष्मी बराल, अपूर्वा शर्मा र आर्या पाण्डेले पनियो छात्रवृत्ति अभियानमा सहयोग गरेका थिए ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्