दमक/झापाको दमकमा श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा बृहत श्रीकृष्ण रथ यात्रा निकाल्ने तयारी भएको छ ।
यहि भदौ ७ गते दमकको राधाकृष्ण मन्दिरबाट शुरु हुने रथ यात्राका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको रथयात्रा आयोजक समितिले जनाएको छ ।

rath-yatra-.jpg

राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका सदस्य हरी पौडेलका अनुसार यस अघि दमकमा निकाल्ने गरिएको आकर्षक रथको रंगरोगन तथा सजावटको कार्य धमाधम भईरहेको छ । रथ यात्राको व्यवस्थापनका बिषयमा रथयात्रा मूल समितिले राधाकृष्ण मन्दिर लगायत अन्य धार्मिक तथा सामाजिक संघ संस्थाहरुका बीचमा सघन छलफल गरिरहेको जनाइएको छ ।

रथ यात्राको पूर्वसन्ध्यामा जन्माष्टमी ( ६ भदौ)मा दमक नगरस्तरीय बृहत भजन किर्तन प्रतियोगिता सञ्चालनको तयारी समेत भएको छ । राधाकृष्ण मन्दिर व्यवस्थापन समिति र हिमशिखर टेलिभिजनको संयुक्त आयोजनामा हुने प्रतियोगितामा सहभागिताका लागि नगर भित्रका ६० वटा भजन किर्तन टोलीलाई पत्राचार गरिएको छ । प्रतियोगितामा उत्कृष्ट हुने भजन किर्तन टोलीलाई पुरस्कृत समेत गरिने जनाइएको छ ।

Facebook Comments Box