दमक/ झापाको कमलमा नेपाल सन्थाल आदिवासी उत्थान संघले सन्थालहरुको महत्वपूर्ण चाड सोहराय पर्वको अवसरमा शुभकामना आदनप्रदानसहित साँस्कृतिक कार्यक्रम गरेको छ । कार्यक्रममा कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपानेले व्यक्तिगत खर्चबाट सन्थाल समुदायका तीन जना बिद्यार्थीलाई शैक्षिक निरन्तरताका लागि ३० हजार रुपैयाँ सहयोग गरेकी छिन ।
सन्थालहरुले कमलमा पहिलो पटक आयोजना गरेको सोहराय कार्यक्रममा कमल गाउँपालिका १ स्थित नरेन्द्र जनता माध्यमिक विद्यालयमा अध्ययनरत राधिका मुर्मु, कक्षा १२, शर्मिला हाँस्दा कक्षा ११ र मुना मर्डी कक्षा १२ रहेका छन । उनीहरुलाई जनही १० हजार रुपैयाँका दरले शैक्षिक निरन्तरताका लागि सहयोग गरेकी हुन ।
कार्यक्रममा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई, १ नम्वर वडाध्यक्ष केदार कटुवाल, शिक्षा शाखा प्रमुख सुर्य प्रसाद न्यौपाने र विद्यालयका सहायक प्रधानाध्यापक निर्मल गड्तौला तथा सन्थालका अगुवा नेताहरुको समेत उपस्थिती रहेको थियो ।

 

Facebook Comments Box