दमक/ झापाका बिभिन्न स्थानबाट लागुऔषध ब्राउनसुगरसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी टोलीले ३ ग्राम ४०० मिलिग्राम ब्राउनसुगरसहित घरैबाट कमल गाउँपालिका ३ का ३५ बर्षीय राज कुमार लावती, १ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित भद्रपुर नगरपालिका २ गौरीशंकर टोलबाट सोही ठाउँ सगरमाथा चोक बस्ने ४० बर्षीय दिपक राई र २० बर्षीय सन्देश बास्तोला, ५ ग्राम ब्राउनसुगरसहित झापा गौरीगञ्ज गाउँपालिका १ धानगाडाबाट शिबसताक्षी नगरपालिका ६ का ३० बर्षीय सन्तोष ताजपुरिया र शिबसताक्षी नगरपालिका ४ का ३१ बर्षीय बिकाश श्रेष्ठलाई पक्राउ गरेको हो । पक्राउ परेका पाचै जनामाथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।