दमक/ ताप्लेजुङको आठराई त्रिबेणी गाँउपालिका–२ सिमलबोटेमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ३९ बर्षीय सुकमाया श्रेष्ठ रहेकी छन् । बिहिबार अपरान्ह बाख्रा चराउन गएकी सुकमायाको बारीको नाङगो तारबाट करेन्ट लागेर मृत्यु भएको हो । अबेर सम्म घर फर्केर नआएपछि खोजी गर्ने क्रममा शुक्रबार घरभन्दा करिव आधा किलोमिटर टाढा उनको शव भेटिएको अस्थायी प्रहरी चौकी फुलबारीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी निरीक्षकसहितको टोलीले थप अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।