दमक/ दमक नगरपालिकाले बिद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको वार्षिक समिक्षा तथा आगामी योजना तर्जुमा कार्यक्रम सम्पन्न गरेको छ ।
नगरपालिकाको शिक्षा शाखाले आयोजना गरेको समिक्षामा नगर भित्र रहेका आधारभूतदेखि माध्यमिक तह सम्मका बिद्यालयका महिला शिक्षकहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा नगर उपप्रमुख रेगिना भट्टराईले बढ्दो उमेर तथा रजश्वला सुरूवात हुने उमेर समुहलाई यो कार्यक्रमले धेरै फाइदा पुग्ने बताइन ।
स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक बद्रि बरालले सहजिकरण गरेको सो कार्यक्रममा नर्सिङ निरीक्षक देवकुमरी न्यौपाने, नगर स्वास्थ्य अधिकृत नगेन्द्र भट्टराई तथा शिक्षा शाखाका अधिकृत सोमनाथ गुरागाईंको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा बिद्यालयमा अध्ययनरत १० बर्ष देखि १८ बर्ष सम्मका छात्राहरूलाई यहि माघ २३ गते सोमबार देखी प्रत्येक हप्ता आईरन तथा फोलिक एसिड चक्की खुवाउने जानकारी दिईएको थियो । यो कार्यक्रमबाट किशोरी उमेरका छात्राहरूमा आईरनको कमिबाट हुने रक्तअल्पतालाई न्युन गर्ने विश्वास लिइएको नगर उपप्रमुख भट्टराईले बताइन ।
