दमक/ दमक उद्योग बाणिज्य संघको १८औ पदहस्तान्तरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष्य चण्डिराज ढकालको प्रमुख अतिथ्यमा आयोजित समारोहकाबीच संघका निर्वाचन समिति संयोजक लिलानाथ गुरागाईले नव निर्वाचित अध्यक्ष्य देवीप्रसाद गुरागाई (गोपाल)लाइ सपथ खुवाएका छन् भने नव निर्वाचित अध्यक्ष्य गुरागाईले संघका निर्वाचित पदाधिकारी सदस्य तथा लेखा समिति संयोजक र सदस्य हरुलाई सपथ खुवाएका थिए संघ का अध्यक्ष्य गोकुल श्रेष्ठले तत्कालिन कार्यसमितिका पदाधिकारी सदस्यहरुलाई प्रसंसा पत्र प्रदान गरेका छन् ।

सो अवसरमा प्रदेश सभा सदस्य होम बहादुर थापा, दमक नगरप्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराइ प्रसाईको बिशिस्ट आतित्थ्य रहेको थियो कार्यक्रमा मा अध्यक्ष्य श्रेष्ठले बाणिज्य संघमा आफ्नो यात्रा र साथ निरन्तर रहने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा संघका पुर्व अध्यक्ष्यहरु प्रकाश प्रसाई, राजेन्द्र ढकाल, घनेन्द्र सुब्बा लगायत दमकका विभिन्न वडाका निर्वाचित वडादक्ष्यहरु, सामाजिक तथा राजनीतिक दलका प्रतिनिधिहरु उद्योगी व्यवसायका प्रमुख तथा प्रतिनिधि हरु लगायतको आतिथ्य रहेको थियो । संघकी तृतीय उपाध्याक्ष्य एवं कार्यक्रम संयोजक रमा लिम्बुले स्वागत गर्दै बाणिज्य संघमा यसघि आफुलाई नेतृत्वदायी भूमिकामा पुर्याउने व्यवसायीहरुलाई धन्यबाद ब्यक्त गरिन । कार्यक्रमको संचालन संघका प्रथम उपाध्याक्ष्य राजु खड्का ले गरेका थिए ।

   

Facebook Comments Box