दमक/  पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको कमल खोला पूल नजिकै राजमार्ग बीचमा रोकिएको ट्रकको पछाडी अर्को ट्रक ठोक्किदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

आज बिहान तेल सकिएका कारण राजमार्ग बीचमा रोकिएको रड बोकेको ट्रकमा पछाडीबाट आएको ट्रक ठोक्किदा पछाडीबाट आएको ट्रकका चालक र सहचालक दुवै जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । उनीहरुको शव दमक अस्पतालमा राखिएको छ । मृतकको नाम ठेगाना खुलेको छैन । दुर्घटनाका कारण करिब दुई घण्टा अवरुद्ध बनेको राजमार्ग अहिले एकतर्फी सञ्चालनमा आएको ट्राफिक प्रहरी केरखाका इञ्चार्ज रोहित थापाले जानकारी दिए ।

 

Facebook Comments Box