दमक/ कमलनगर जेसीजले गौरीगञ्ज ५ स्थित नेपाल भारत सीमामा शान्ति पदयात्रा तथा लागुऔषध सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा नेपाल भारत दुवै तर्फका सुरक्षाकर्मी समेत संयुक्त रुपमा सहभागी भएका छन ।


कमलनगर जेसीज वर्ष २०२३ का कार्यकारिणी उपाध्यक्ष तिर्थ पौड्यालको संयोजकत्वमा मंगलबार आयोजित कार्यक्रममा कमलनगर जेसीज वर्ष २०२३ अध्यक्ष रिजु कार्कीको अध्यक्षता र गौरीगंञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुँवरको प्रमुख आतिथ्य रहेको थियो ।
सो अवसरमा आयोजित कार्यक्रमका वक्ताहरुले लागुऔषधको प्रयोगले समाजमा अपराध बढाइरहेकोप्रति सजग रहनुपर्नेमा जोड दिए । लागुऔषको प्रयोगले युवा पुस्ताको भविष्यनै जोखिममा पर्ने भएकाले यसलाई समयमै रोक्न नागरिकस्तरबाटै सचेतनामा जोड दिइएको थियो ।
कार्यक्रममा ईलाका प्रशासन कार्यलय गौरीगञ्जका प्रमुख चुडामणी आपागाई, ईलाका प्रहरी कार्यलय गौरीगञ्जका प्रमुख जितेन दाहाल, भारत सीमा सुरक्षा बल फत्तेशपुरका असई गुरुपदा दास, गौरीगंञ्ज ५ का वडाध्यक्ष विजयसिंह गनगाई, र गौरीगञ्ज गाउँपालिकाका निवर्तमान उपाध्यक्ष दिपिन्द्र थापा लगायतको विशेष आतिथ्य रहेको थियो । सो अवसरमा कमल १ का वडाध्यक्ष केदार कटुवाल, कमल नगर जेसीजका पूर्व अध्यक्ष हेम दाहाल , निवर्तमान अध्यक्ष नारायण बस्नेत ,गौरीगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष मखना महतो लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा स्थानीयबासीहरु सहभागी भएका थिए ।

Facebook Comments Box