दमक/ दमक ८ मा भुमी आयोग झापाद्धारा जारी भुमीहिन, दलित तथा अव्यवस्थित बसोबासीहरुको जग्गाको निस्सा प्रमाण पत्र दिन शुरु गरिएको छ । वडा कार्यालयमा शनिबार आयोजित कार्यक्रमकाबीच दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले जग्गा धनी प्रमाण पूर्जा प्राप्तिका लागि आधाभूत प्रमाण पत्रका रुपमा आयोगद्धारा जारी निस्सा प्रमाण पत्र प्रदानको थालनी गरेका हुन । सो वडाका वडाध्यक्ष धर्मप्रसाद दाहालले जग्गा धनी प्रमाण पूर्जाका लागि ५९६ वटा आवेदन दर्ता भएका र ति मध्ये हाल २९८ जनाको निस्सा प्रमाण जारी भएको जानकारी दिए ।

जारी भएका मध्ये पहिलो दिन आज शनिबार ९५ वटा निस्सा प्रमाण वडाबासीलाई हस्तान्तरण गरिएको पनि वडाध्यक्ष दाहालले बताए । निस्सा जारी भएका अन्य वडाबासीले कार्यालय समयमा वडामा आएर आफनो प्रमाण बुझेर लैजान सक्ने व्यवस्था रहेको वडा सचिव निधि ढुंगेलले जानकारी दिए । वडाध्यक्ष दाहालको अध्यक्षतामा भएको निस्सा वितरण शुभारम्भ कार्यक्रममा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाइँ, वडास्थित जनप्रतिनिधिहरु, राजनीतिक दल, सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगायतको आतिथ्य रहेको थियो ।

 

 

Facebook Comments Box