दमक/ ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल, दमक नगर समितिले ज्येष्ठ सदस्यहरुका बिच अन्तरकृया कार्यक्रम सम्पन्न गरेकाे छ । प्रतिष्ठानकाे नगर समितिकाे आयाेजनामा भएकाे उक्त कार्यक्रममा नगर समितिका सदस्यहरु,सल्लाहाकार समितिका सदस्यहरु,प्रतिष्ठानका नगर प्रतिनिधिहरु,प्रतिष्ठानका वडा समितिका अध्यक्ष र सचिवहरु र केन्द्रिय पदाधिकारिहरु लगायतकाे उपस्थिती रहेकाे थियाे ।
भट्टराई कुल प्रतिष्ठान दमक-४ मा भएकाे उक्त कार्यक्रममा वडा समितिका अध्यक्षहरु ओम प्रसाद खनाल,त्रिलाेचन रेग्मी,नारायण प्र. ढकाल ले वडा समितिले गरेका कार्यहरुकाे बारेमा आगामी दिनमा प्रतिष्ठानका कार्यक्रमहरुलाई अझ प्रभावकारी बनाउने धारणा ब्यक्त गरेका थिए ।
प्रतिष्ठानका नगर समितिका अध्यक्ष अमृत बहादुर बिष्टकाे अध्यक्षतामा भएकाे उक्त कायक्रमा केन्द्रीय अध्यक्ष सीताराम खतिवडाकाे प्रमुख आतिथ्यमा रहेकाे थियाे ।प्रतिष्ठानका नगर सचिव कृष्ण भट्टराईले सञ्चालन गरेकाे कार्यक्रममा नगर समितिका उपाध्यक्ष तेेजप्रसाद तिवारीले स्वागत मन्तव्य राखेका थिए ।