दमक/ दमक ६ स्थित फर्निचर लाइनमा आगलागी भएको छ । त्यहाँस्थित विकास भट्टराइले संचालन गरेको बालाजी फर्निसिंगमा साँझ साढे ६ बजे पछि भएको आगलागी अहिले साढे सात बजे नियन्त्रणमा आएको छ। दमक नगरपालिकाको वारुण यन्त्रको सहयाताबाट आगो निभाइएको हो । दमक ६ का वडाध्यक्ष टेकबहादुर थापाले आगलागीको कारण तत्काल खुलिनसकेको बताए । आगलागीको क्ष्यतिको बिस्तृत विवरण आएको छैन ।
दमक फर्निचर लाइनमा आगलागी
Nishkarsha News
२०७९ माघ १४, शनिबार २०:०५

