काठमाडौं/ सरकारको नेतृत्व लिएको नेकपा माओवादी केन्द्रले राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरेको छ ।

राष्ट्रपति एमालेलाई दिने सत्तारुढ दलहरुको सहमतिकाबीच माओवादी केन्द्रको शुक्रवार बसेको पार्टी स्थायी कमिटीले बैठकले त्यस्तो निर्णय गरेको हो ।

एमालेसहितका दलहरुसँग बसेर राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरिएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिनु भयो ।

बैठकमा धेरैजसो नेताहरुले राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्नुपर्ने धारणा राखेकाले पार्टीले पनि त्यसै अनुसार अघि बढने नीति लिएको उहाँको भनाइ थियो ।

उपाध्यक्ष महराले भन्नुभयो, ‘राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमति कायम गर्ने धेरै कमरेडहरुको आवाज आएको छ । राष्ट्रिय सहमति कहाँ हुन्छ ? राष्ट्रिय सहमति खोज्ने हाम्रो नीति छ । राष्ट्रिय सहमति हुन्छ कि हँदैन ? त्यो बाँकी छ । तर हाम्रो मत भने त्यो हो । अरु पार्टीसँग पनि छलफल हुन्छ । एमालेसहितको राष्ट्रिय सहमतिमा जाने हो । त्यसमा एमालेलाई धोका दिने भन्ने हुँदै होइन । राष्ट्रिय सहमति कायम गर्न पहल गर्ने हो ।’

Facebook Comments Box