गौरीगञ्ज/ नेपाल शिक्षक संघ गौरीगंजको दाेस्राे गाउँ अधिवेशनबाट गाेपाल प्रसाद ताजपुरिया अध्यक्षमा पुनः सर्वसम्मत चयन भएका छन् ।

गाैरीगंज गाउँपालिकाकि अध्यक्ष फूलवती राजवंशीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे शिक्षक संघकाे दाेसाे अधिवेशनबाट अध्यक्ष ताजपुरियासहित उपाध्यक्षमा प्रकाश चन्द्रसिंह राजवंशी, महिला उपाध्यक्षमा दमयन्ती राजवंशी, सचिवमा सुबाेध कुमार सिंह सर्वसम्मत चयन भएका हुन् ।

त्यसैगरी खुल्ला अर्थ सचिवमा बुलेन्द्र प्रसाद राजवंशी, अर्थ सहसचिवमा विष्णु कुमार राजवंशी, खुल्ला सहसचिवमा राजेन्द्र भण्डारी, महिला सहसचिवमा नर्भदा देवी कडरिया, समावेशी सहसचिवमा अशाेक प्रसाद यादव र सुरेन्द्र कुमार राजवंशी चयन भएकाे संघका उपाध्यक्ष प्रकाश चन्द्रसिंह राजवंशीले बताए । सदस्यहरूमा ३ महिलासहित ७ जना सर्वसम्मत चयन भएका छन् ।

खुल्ला सदस्यहरूमा जित बहादुर राउत, जानकी कुमारी राजवंशी, भाेला प्रसाद भण्डारी, ममता कुमारी सिंह, सुष्मा कुमारी यादव, अाशा कुमारी राजवंशी र अञ्जु कुमारी यादव सर्वसम्मत चयन भएका छन् ।

वडा प्रतिनिधिहरूमा सीता खतिवडा, खेमराज ताजपुरिया, द्राेपत्ती कुमारी गन्गाई चयन भएका छन् । नेपाल शिक्षक संघ गाैरीगंजका अध्यक्ष गाेपाल प्रसाद ताजपुरियाकाे अध्यक्षतामा भएकाे अधिवेशनमा अध्यक्ष ताजपुरियाले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल शिक्षक संघ झापाका अध्यक्ष नेत्र खरेल, शिक्षक महासंघ झापाका सचिव ताेयानाथ दाहाल, शिक्षक संघ झापाका सहसचिव कुमार खतिवडा, शिक्षक संघका जिल्ला सहसचिव हरि राजवंशी, शिक्षक महासंघ विर्तामोडका अध्यक्ष युवराज कट्टेल, शिक्षक महासंघका जिल्ला सदस्य राजेन्द्र प्रसाईं, संघिय प्रतिनिधि अनिता रिजाल, गाैरीगंज, शिक्षक महासंघ गाैरीगंजका अध्यक्ष हरिलाल यादव, गाैरीगंज गाउँपालिका वार्ड नं. १ वडा अध्यक्ष कार्तिक लाल राजवंशी, वाणिज्य संघ गाैरीगंजका अध्यक्ष तथा निवर्तमान वडा अध्यक्ष मखना महताे, शिक्षक महासंघ झापा गाउँपालिकाका अध्यक्ष जगर्न्नाथ राजवंशी, शिक्षक संघ झापा गाउँपालिका अध्यक्ष राेहित पाैद्वार, सचिव लाेचन यादव, अस्थायी करार शिक्षक संघका अध्यक्ष अशाेक यादवलगायतले शुभकामना व्यक्त गरेका गिए ।

कार्यक्रमकाे सञ्चालन सचिव बुलेन्द्र राजवंशी र प्रकाश चन्द्रसिंह राजवंशीले गरेका थिए ।

Facebook Comments Box