काठमाडौं/ उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले देशका संयन्त्रहरु ट्रयाकभन्दा बाहिर रहेकाले आफूलाई नतिजामुखी काम गर्न कठिनाइ भइरहेको बताउनु भएको छ ।

ठूला दलहरुले थिलथिलो बनाएको देश संयन्त्रका कारण आफूलाई नतिजामुखी काम गर्न समस्या भएको उपप्रधानमन्त्री लामिछानेको आरोप थियो ।

मंगलवार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले ती संयन्त्रहरुको सुधारको काममा केन्द्रित हुँदा फरार सांसद लक्ष्मी महतो, आन्दोलनरत अधिकारीकर्मीहरु र क्रसर उद्योगको विषयमा निर्णय लिन ढिलाइ भएको उल्लेख गर्दै अब केही दिन भित्रै नतिजा आउने गरी काम हुने बताउनु भयो । त्यसका लागि गृह मन्त्रालयले सम्वेदनशील भएर काम गरिरहेको उपप्रधानमन्त्री लामिछानेको भनाइ थियो ।

उहाँले देशका संयन्त्रहरुलाई हिजो चलाए जस्तो गरेर चलाउन छोडिदिए गृह मन्त्रालय अन्तर्गतको आधा समस्या आफैँ हल भएर जाने अवस्थामा रहेको पनि उल्लेख गर्नु भयो ।

उपप्रधानमन्त्री लामिछानेले भन्नु भयो, ‘देशका संयन्त्रहरुलाई थिलथिलो बनाएर छाडिएको छ । काम गर्नेहरुलाई कानुन पालना गराउनु भन्दा पनि आदेश पालना गराउने गरी यति निरीह बनाएर राखिएको छ । वर्षौँ शासनसत्ता सम्हालेका दलहरुबाट यसलाई थिलथिलो बनाइयो । जसबाट त्यसरी थिलथिलो बनाउन, कमजोर बनाउनका निमित्त कामहरु भए । त्यही कोणबाट धेरै प्रश्नहरु आउने रहेछन् । यो मैले अनुभव गरेको छु । तर म त्यसको प्रतिउत्तर होइन, काममा माध्यमबाट, रिजल्टका माध्यमबाट, परिणामका माध्यामबाट ती जवाफहरु गरिमामय संसदमा आफैँ उपस्थित हुन भन्ने चाहना राखेर काम गर्न चाहन्छु ।’

Facebook Comments Box