दमक/ कमल गाउँपालिकामा इलेक्ट्रिसियन प्राविधिक उत्पादन गर्ने उद्धेश्यले तालिम सञ्चालन गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोग र चन्द्रसुर्य सिप विकास संस्था दमकको प्राविधिक सहयोगमा एडभान्स ईलेक्ट्रिसियन तालिम शुरु गरिएको हो ।


आदिवासी जनजातीका लागि लक्षित तालिममा कमल गाउँपालिकाका आदिवासी जनजाती सम्बद्ध संस्थाहरुबाट छनौट भएका ३५ जनाको सहभागिता छ । ४५ दिन सम्म सो तालिम सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।
तालिमको उदघाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले तालिमका माध्यमबाट लक्षित वर्गलाई संक्षम र संमृद्ध बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन ।
गाउँपालिकामा कोही पनि युवा वेरोजगार नहुन भन्ने उद्धेश्य राखेर तालिमको आयोजना गरिएको उनको भनाई छ ।
तालिमपछि यहाँका स्थानीय बेरोजगार युवा युवतीहरु रोजगारका लागि टाढा जानु नपर्ने र आफनै ठाउँमा सीप सदुपयोगको अवसर मिल्ने अपेक्षा गाउँपालिकाले लिएको छ ।
उदघाटन कार्यक्रममा , वडा नं ३ का वडाध्यक्ष अग्नीप्रसाद कोइराला, गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुर्य प्रसाद न्यौपाने लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए ।
आदिवासी जनजाती महासंघका कमल गाउँपालिका समन्वय परिषद अध्यक्ष बदीराम राईको अध्यक्षतामा भएको तालिम उदघाटन कार्यक्रमको सञ्चालन जय बहादुर तामाङले गरेका थिए ।

 

Facebook Comments Box