दमक/ झापाको बुद्धशान्ती गाउँपालिका वडा नं ३ बुधबारे बजार एरियाबाट ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार १८ः३० बजे ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले चारआलीबाट आइरहेको अटोमा चेकजाँच गर्ने क्रममा ५ ग्राम ११० मिलिग्राम ब्राउनसुगरसहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले अटो चालक बुद्धशान्ति ३ का २४ बर्षिय अजय तामाङ् , अटोमा पछाडी सवार सोही ठाउँका १९ बर्षिय सन्देश राई, र सोही ठाउँका २० बर्षिय सन्तोष राजबंशीलाई नियन्त्रणमा लिएको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
