दमक/ धनकुटा र मोरङका छुट्टा छुट्टै दुई स्थानबाट ९० किलो १०० ग्राम लागुऔषध गाँजासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धनकुटाको साँगुरीगढी गाउँपालिका–१ उखुडाँडा स्थित कोशी लोकमार्गमा प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धनकुटाबाट धरान तर्फ आउदै गरेको को. १ ख २८३३ नम्बरको यात्रुबाहक बसको हुट र डिक्कीमा राखेको झोलाबाट ४० किलोग्राम गाँजा बरामद गरेको हो ।

बसमा सवार सहिदभूमी गाउँपालिका–१ धनकुटाका ३२ बर्षीय सुरज राईको साथबाट ४० ग्राम, र २२ बर्षीय सुरेश राईको साथबाट ६० ग्राम गाँजा बरामद भएको थियो ।

लागुऔषध गाँजा बरामद भएसंगै बस र बसका चालक सुन्दरहरैचा–५ मोरङका ५१ बर्षीय रुद्ध बहादुर तामाङ, सहचालक सहिदभूमी गाउँपालिका–७ का ४३ बर्षीय फत्तेमान राई र चौबिसे गाउँपालिका–५ धनकुटा का २९ बर्षीय सुरेन्द्र देवान समेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको छ ।

यसैगरी हिजो शनिबार बेलुका पौने ७ बजे बिराटनगर महानगरपालिका–११ स्थित बसपार्कबाट ५० किलोग्राम गाँजा सहित धनकुटा सहिदभुमि गाउँपालिका–४ का ४४ बर्षीय यज्ञ प्रसाद राईलाई प्रहरीले पक्राउ गरेको छ ।

राईले साग र तेजपत्ताको तीन वटा बोरामा गाँजालुकाई छिपाई ल्याएको अवस्थामा वडा प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । लागुऔषध गाँजा सहित पक्राउ परेका राईमाथि जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

 

Facebook Comments Box