दमक/ दमक-४ कृष्ण मन्दिर निवासी संचारकर्मी माधब ढकाललाई पितृ शोक परेको छ ।ढकालका बुवा ७७ बर्षीय केदारनाथ ढकालको शनिबार साझ निजिनिवासमै अकस्मात निधन भएको हो । ” बुवा सुगर प्रेसरको सामान्य बिरामी हुनुहुथ्यो अचानक बित्नु भो ” ढकालले भने । स्वर्गीय ढकालका श्रीमती, दुइ छोरा र दुइ छोरी छन् । उनको आइतबार बिहान १० बजे कन्काई माइमा परम्परा अनुसार अन्त्येष्टि गरिने ढकालले जानकारी दिए ।