दमक/ कमल ५ लखनपुरस्थित मंगलमय माविमा घरेलू हतियारधारी अज्ञात एक समुहले प्रवेश गरी तोडफोड गर्दै लुटपाटको असफल प्रयास गरेको छ ।

सो बिद्यालय बन्द रहेको अवस्थामा शनिबार साँझ दक्षिण तर्फको गेटबाट प्रवेश गरेको भालासहित प्रवेश गरेको समुहले त्यहाँ जोडिएका दुई वटा सीसी क्यामरा तोडफोड गरेको छ भने बिद्यालयको चमेना गृहमा लगाइएको ताला समेत फुटाएर लुटपाटको प्रयास गरेको हो । बिद्यालयसंगै जोडिएको स्थानीयको घरमा तोडफोडको आवाज सुनिएपछि होहल्ला हुँदा सो समुह फरार भएको बिद्यालयका व्यवस्थापन समिति अध्यक्ष तिर्थबहादुर थापाले जानकारी दिए ।

साँझ करिब ६ बजेको समयमा भएको सो घटना लगत्तै घटनास्थलमा कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राई इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायब निरिक्षक नेतृत्वको टोलीसहित पुगेर घटनाका बारेमा स्थलगत जानकारी लिएका छन । अध्यक्ष थापाले स्थानीयहरुबाट घटनाका बारेमा जानकारी भएको विस्तृत विवरणबारे अध्यक्ष राई र प्रहरी टोलीलाई जानकारी गराएका थिए । कमल गाउँपालिका अध्यक्ष राईले बिद्यालय वरपर अँध्यारो हुँदा समझाँझै त्यस किसिमका घटनाको जोखिम बढेको कारण चारैतिर उज्यालो बत्तीको आवश्यकता खडकिएकोले सो सम्बन्धिको प्रस्तावना पालिकामा पेश गर्न पनि बिद्यालयका अध्यक्ष थापालाई निर्देशन दिए ।

Facebook Comments Box