कविता  अधिकारी दमकको व्यवसायिक क्षेत्रमा निरन्तर सक्रिय व्यक्तित्व हुन । दमक उद्योग वाणिज्य संघको २०७६ को निर्वाचनमा महिला सदस्यमा खरो चुनावी प्रतिस्पर्धा गरेर चर्चामा आएकी अधिकारीले व्यवसायीहरुबाट सम्मानजनक मत पाएपनि संघको नेतृत्वमा पुग्ने इच्छा अधुरै रहयो । उनले चुनावी परिणामलाई आत्मसाथ गदैै निरन्तर आफनो पेशा व्यवसायसंगै यहाँँको समाजमा क्रियाशीलता कायमै राखिन ।
आफनो घर परिवारलाई नै सामाजिक र व्यवसायिक जिवनको प्रेरणाको स्रोतका रुपमा लिने कविताले २०६० सालमा धुलाबारीको कवि शिरोमणी माविबाट एसएलसी उत्तिर्ण गरेर धुलाबारी बहुमुखी क्याम्पस, कन्काई क्याम्पस विर्तामोड र दमकको दमक बहुमुखी क्याम्पसमा समेत उच्च शिक्षा लिएकी छिन ।
१६ बर्ष अघि जुत्ता, चप्पल , थान कपडा हुँदै १२ बर्षदेखि लगातार फेन्सी तथा रेडिमेड कपडाको व्यापारमा संलग्न कविता विभिन्न धार्मिक मठ मन्दिर, सामाजिक संघ संस्थाहरुमा समेत आवद्ध भई सामाजिक काममा समेत उत्तिकै सक्रिय छिन् ।

दमक –६ नमुना मार्गस्थित पोखरेल मार्केटमा रहेको स्मृती कलेक्सन सञ्चालन गर्दै आएकी कविताले यसपटक अझै धेरै व्यवसायीहरुको प्रेरणा र हौसलाका कारण संघमा महिला सदस्य तर्फ उम्मेदवारी दिएकी छिन । उनको उम्मेदवारीले व्यवसायिक वृत्तमा चर्चा पाएको छ भने संघलाई सशक्त र सक्षम बनाउन आफनो भुमिकामा कुनै कमि आउन नदिने कविताको प्रतिबद्धता छ ।

Facebook Comments Box