दमक/  ६ माघमा हुने दमक उद्योग बाणिज्य संघको निर्वाचनमा देवीप्रसाद गुरागाइँ नेतृत्वको लोकतान्त्रिक व्यवसायीहरुको टिमलाई परिणाममुखी बनाउन आवश्यक जिम्मेवारी बाँडफाँड भएको छ । निर्वाचनलाई लक्षित गर्दै दमकका लोकतान्त्रिक व्यवसायीहरुको प्यानलका उम्मेदवारहरुलाई बिजय गराउन बिभिन्न समिति र उपसमितिहरु गठन गरिएका संयुक्त निर्वाचन निर्वाचन परिचालन समितिका संयोजक समेत लोकतान्त्रिक व्यवसायी संघ दमकका अध्यक्ष बबरजंग थापा ( किरण्)ले जानकारी दिए ।

नेपाली कांग्रेसले नेतृत्व गरिरहेको राप्रपा, नेकपा एस, जसपा र स्वतन्त्र व्यवसायीहरु समेतको समर्थन रहेको सो प्यानलबाट देबीप्रसाद (गोपाल) गुरागाईलाई संघको अध्यक्षको उम्मेदवारका रुपमा प्रस्तुत गर्दै व्यवसायीहरु चुनावमा होमिएका छन ।

समितिका सहसंयोजकहरुमा कुमार निरौला, महेन्द्र चाम्लिङ राई, महेश घिमिरे र रुप नारायण न्यौपाने छन् । समितिको महासचिवमा युवराज खनाल, सचिवमा दिपेश दाहाल छन् भने सदस्यहरुमा मनोज अग्रवाल, तारा प्रसाद अधिकारी र सुरज लिम्बु छन् ।
त्यस्तैं, दमकका पुराना राजनीति अगुवा सुरेश सुब्बाको संयोजकत्वमा अनुगमन तथा निर्देशन समिति गठन भएको छ । त्यस्तै कांग्रेस दमक नगर सभापति तथा दमक उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष प्रकाश प्रसाईको संयोजकत्वमा उम्मेदवार परिचालन तथा समन्वय समिति गठन भएको छ । समितिमा बिजय बराल, गोकुल श्रेष्ठ, रमा लिम्बु, दिनेश अग्रवाल, तारा अधिकारी र नविन अग्रवाल छन् ।
त्यस्तै अरुण अधिकारीको संयोजकत्वमा आर्थिक समिति गठन भएको छ । समितिका सदस्यहरुमा उमाकान्त आचार्य, कुमार निरौला, गंगा प्रसाद दुलाल, श्याम तिम्सिना, तुलसी दाहाल र शशि पौडेल छन् । पशुराम रिजाल संयोजक रहेको निर्वाचन व्यवस्थापन समिति गठन भएको छ । समितिका सदस्यहरमा प्रेम भट्टराई, श्याम आचार्य, मोहन थापा, युवराज घिमिरे र धिरेन्द्र सम्बाहाम्फे छन् ।
यता, निर्वाचनमा उम्मेदवारहरु लगायत एजेण्डाहरुको बारेमा प्रचारप्रसार सम्बन्धी मिडिया डेक्स समेत गठन गरिएको छ । प्रेस युनियन झापाका कार्यवहाक अध्यक्ष पत्रकार गिरीराज भट्टराईको संयोजकतत्वमा सो समिति गठन गरिएको निर्वाचन परिचालन समितिका सचिव दिपेश दाहालले जानकारी दिए ।

Facebook Comments Box