दमक/ झापाको बाह्रदशी गाउँपालिका वडा नं ६ स्थित राजगढ चारपाने सडकको बाह्रदशी डाँडामा ट्रयाक्टरको ठक्करबाट एक जना बालकको घटनास्थलमै मृत्यु भएको छ ।
शनिबार दिउँसो करिब १.३० बजे सो सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको प्र१–०१–००१त ८९५९ नम्बरको ईट्टा बोकेको ट्याक्टरले बाटो कर्स गर्दै गरेका पैदलयात्री पूर्ण ब. खातीको ४ बर्षिय फडिन्द्र खातीलाई ठक्कर दिँदा घटानास्थलमानै मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्याक्टर तथा ट्याक्टर चालक पाँचथर हिलिहाङ गापा–३ का २६ बर्षिय बिबेक मेन्याङबो लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अचानक बालकले दौडेर बाटो क्रस गर्न खोज्दा सो दुर्घटना भएको जनाइएको छ ।

Facebook Comments Box