शिवसताक्षी / झापा जिल्ला देशका अन्य धेरै जिल्लाको तुलनामा बिकसित र सुगम जिल्लाको पहिचान बनाएको जिल्ला हो । तर यही जिल्लाको कुनै भुगोलका नागरिकहरुको घरमा बल्ल विजुली बल्यो भनेको सुन्दा अनौठो लाग्न सक्छ ।
तर सत्य यहि हो । शिवसताक्षी नगरपालिकाको वडा नं ७ फाक्तेपका ३ बिपन्न परिवारको घरमा पहिलो पटक बिजुली बत्तीको पहँुच पुगेको छ । सडक सन्जालले नछोएको तीन घरमा अहिले सम्म टुकी बत्तीको सहारामा रात बित्ने गरेको थियो ।
स्थानीय बालसेवा आधारभुत बिद्याालयदेखि करिब ५ सय मिटर पूर्ब खेतको बीचमा रहेका याम सेर्मा, आइत सेर्मा र बुधबल सेर्माको घरमा पहिलो पटक बिजुली बत्ती बालिएको हो । स्थानीय सञ्चारकर्मी गोबिन ल्वागुनको पहलमा स्थानीय सेर्मा युवाहरुसँग समन्वय र आर्थिक संकलन गरि बत्ती जडान गरिएको हो ।
विभिन्न राजनीतिक दलका नेता,कर्यकर्ताहरुलाइ पटक पटक हारगुहार गरियो तर कसैले कान ठाडो पारेनन ,बिद्युत प्रधिकरणले पनि सडक सन्जाल नभएको कारण देखाउदै पोल र तार बिस्तार गर्न सकेन । कालो तार मात्र भए पनि घर सम्म पुरयाई दिने कसैले हिम्मत गरेन ।
आखिर ढिलो गरेर भए पनि शेर्मा युवाहरुले आफैं करिब १५ हजार आर्थिक जोहो गरेर ३ घरमा बत्ती बालिदिएका हुन । उनीहरुले ५ सय मिटर कालो तार, सहित ३ घरमा ओपेन वायरिङ र आवश्यक समाग्री दिएका हुन ।
महेन्द्र, भुवानी, मिलन,दिपक,मानबहदुर,ठाकुरसिङ ,कालीबहादुर र सन्त शेर्माको सहयोगमा त्यहाँ विजुली बालिएको हो । यसरी घरमा पहिलो पटक घरमा बत्ती बले पछि तिनै घरका परिवार औधी खुशी भएका छन । घरमा मोबाइल भए पनि चार्ज गर्न दिनहँु अरुको घरमा लानु पथ्र्यो अब यो समस्या रहेन– याम सेर्माले भने ।
त्यसैगरी स्थानीय बुद्द्बल शेर्माको जेठा छोरा हुकुम शेर्मा कक्षा १२ मा लालझोडास्थित भानु माविमा अध्ययय गर्दै आएका छ्न । उनले घरमा बत्ती नभएकै कारण रातको समयमा घरमा पढ्न पाएका थिएनन । रातमा पढ्नको लागि पर्याप्त मट्टीतेल हुदैन थियो । दिनमा पनि मेलापात जेन तेन दिनमा समय निकालेर पढ्ने गरेका थिए । उनले भने – अब रातमा पनि मज्जाले पढ्न पाउने भएँ । यी तिनै घरका बालबालिका स्थानीय बालसेवा आबि र भानु माविमा अध्ययनरत रहेका बालसेवा आबिका व्यवस्थापन समिति अध्यक्ष समेत रहेका सञ्चारकर्मी लुवागुनले बताए ।
