दमक/ खनाल सेवा समिति दमक नगर समितिले नयाँ कार्य समिति चयन गरेको छ । अध्यक्षमा लीलानाथ खनाल , सचिवमा सारदा खनाल र कोषाध्यक्षमा चुडामणि खनाल रहेका छन । त्यसैगरी सदस्यहरुमा अभिनारायण खनाल, माधवमणि खनाल, गोमा खनाल,चुडाराज खनाल, कुमार खनाल र निरु खनाल रहेका छन । शुक्रबार दमकमा भएको समितिको तेस्रो साधारण सभाले सो समिति सर्वसम्मत चयन गरेको हो ।
नव निर्वाचित समितिलाई खनाल सेवा समितिका जिल्ला उपाध्यक्ष बद्रिप्रसाद खनाल,खनाल संरक्षण समितिका सदस्य अम्विका प्रसाद खनाल,खनाल महिला मञ्च दमककी अध्यक्ष बिन्दा खनालले शुभकामना दिएका थिए ।
दमक नगर समितिका अध्यक्ष लीलानाथ खनालको अध्यक्षतामा भएको साधारण सभामा तीन जना लाई सम्मान गरिएको छ ।
सम्मानित हुनेहरुमा ज्येष्ठ बुबा दुर्गा प्रसाद खनाल , ज्येष्ठ आमा मैना देवी खनाल र उत्कृष्ट कारोवार गर्ने माधवमणि खनाल रहनु भएको छ ।
प्रमुख अतिथि खनाल सेवा समिमिका संस्थापक अध्यक्ष पुष्प कुमार खनाल, विशिष्ट अतिथि खनाल सेवा समितिका झापा जिल्ला अध्यक्ष तेज प्रसाद खनालले सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गर्नुभएको थियो । कार्यक्रममा खनाल सेवा समितिका सचिव ओम प्रसाद खनालले प्रस्तुत गरेको संस्थाको बार्षिक कार्य प्रगती प्रतिबेदन पारित गरिएको थियो ।

 

Facebook Comments Box