झिलझिले/  झापाको शिबसताक्षी नगरकै  ठूलो र पुरानो बजारको  इतिहास बोकेको झिलझिले बजारको व्यवस्थापन समिति गठन भएको छ ।  शिबसताक्षी–८ को झिलझिलेस्थित वडा कार्यालयमा गठन भएको बजार व्यवस्थापन समितिको अध्यक्षमा युवा व्यवसायी तथा सामाजिक अगुवा बजरङ्ग अग्रवाल रहनुभएको छ । त्यस्तैं, उपाध्यक्षमा केशर कुरमा लिम्बू रहनुभएको छ भने समितिको सचिवमा ८ नम्बर वार्ड कार्यालयका वडा सचिव पुष्पलाल पाण्डे रहनुभएको छ ।

त्यसैगरी, समितिको कोषाध्यक्षमा उमादेवी लुइटेल र सदस्यहरुमा ललिता देबी सापकोटा (उद्योग बाणिज्य संघ शिबसताक्षी प्रतिनिधि), निर्मल केदेम र सुमित्रा मादेन लिम्बू रहनुभएको वडा अध्यक्ष सन्त फेउवादेन लिम्बूले जानकारी दिनुभयो ।

प्रत्येक साताको सोमबारका दिन झिलझिलेमा हाँट बजार लाग्दै आइरहेको छ । पूर्वको प्रसिद्ध धार्मीक तथा पर्यटकीय स्थल सताक्षीधाम जाने सडक यहि बजारहुदै पर्दछ भने झिलझिले बजारहुदै दक्षिणी नेपाल भारत सीमावर्ती माहाभारा र कोरोबारीसम्म सकिन्छ ।  यस बजारलाई नगरकै पुरानो र ठूलो बजारको रुपमा नगरपालिकाले घोषणा गरेको छ ।

Facebook Comments Box