दमक/  झापाको गौरादह नगरपालिका वडा न.१ जनता मा.बि. अगाडी बोर्डिङ स्कूलको ठक्करबाट गम्भिर घाईते भएकी एक बृद्धाको उपचारका क्रममा मृत्यु भएको छ ।
बिहिबार दिउँसो भित्री बाटोमा दक्षिणबाट उतर तर्फ जादैं गरेको मे.१ ख २६७६ नम्बरको माउन्ट एभरेष्ट बोर्डिङ स्कुलको बसले पैदलयात्री सोही ठाउँकी ७२ बर्षिया तुलसा दाहाललाई ठक्कर दिएको थियो ।

उनको उपचारका लागि बि.एण्ड.सी.अस्पताल बिर्तामोड पठाईएकोमा उपचारको क्रममा राती सवा ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।

Facebook Comments Box