दमक/ झपाको कमल गाउँपालिकाले संघीय सरकारले तोकेको मापदण्ड अनुसार जग्गाको बर्गिकरणका लागि वडास्तरमा छलफल चलाएको छ ।
विहिवार ३ नम्वर वडा कार्यालयले जग्गा वर्गिकरणका लागि मापदण्डका आधारमा क्षेत्र निर्धारण गर्ने कामलाई तिव्रता दिएको छ ।
यस क्रममा वडाले वडा भित्र रहेका टोल विकास संस्थाका प्रतिनिधी, संघ सस्थाका प्रतिनिधी बिच मापदण्ड अनुसार वडाले गर्न लागेको जग्गाको वर्गिकरणका बारेमा जानकारी गराएको ३ नम्वर वडा अध्यक्ष अग्नि प्रसाद कोईरालाले जानकारी दिए ।
भु—उपयोग ऐन नक्सा २०७६ को दफा (५) को उपदफा (४) बमोजिम भु—उपयोग क्षेत्र नक्सालाई अध्यावधिक गर्न बनेको मापदण्डको आधारमा जग्गा बर्गिकरण गरिने कमल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्यले जानकारी दिए ।
मापदण्ड अनुसार हाल व्यवसायीक क्षेत्र, आवासिय क्षेत्र, औधोगिक क्षेत्र, कृषि क्षेत्र र सार्वजनिक उपयोगको क्षेत्रको आधारमा जग्गाको बर्गिकरण गर्नुपर्नेहुन्छ ।
यस अन्तर्गत मुख्य लोकमार्ग र साहायक लोकमार्गको सडकको अधिकार क्षेत्रबाट १ सय मिटर सम्म दाँया वाँयाको जग्गा , त्यस्तै जिल्ला सडक (कृषि सडक वाहेक) लगायत १० मिटर भन्दा कम चौडाई भएका सडकको किनारा देखी ९० मिटरको दुरीमा रहेका दाँया वाँयाको जग्गालाई आवासिय क्षेत्रमा बर्गिकरण गरिने जनाइएको छ ।
त्यस्तै ६ मिटर भन्दा बढी र १० मिटर भन्दा कम चौडाई भएका सडकको किनारा देखी ८० मिटरको दुरीमा रहेका दाँयावाँया को जग्गा तथा ४ मिटर भन्दा बढी र ६ मिटर भन्दा बढी र ७० मिटरको दुरीमा रहेको दाँयावाँयाको जग्गा र हाल आवासको रुपमा प्रयोग भएको जग्गालाई आवासीय जग्गाको रुपमा सिफारिस गरिने वडा अध्यक्ष कोईरालाले जानकारी दिए ।

 

Facebook Comments Box