कमल /  झापा कमल ५ स्थित  मगलमय मा वि ले ५१ओ बार्षिक उत्सव सम्पन्न गरेकाे छ  । उक्त अवसरमा शिक्षक,कर्मचारी,लगायत ११ जनालाई सम्मान गरेकाे छ।

सम्मानित हुने हरुमा शिक्षकहरु टेकनाथ रिजाल, ओमप्रकाश गाैतम,अम्विकाकुमारी खडका,ओमप्रकाश सग्राैला,सुनिता राई,कर्मचारीहरु मनाेज कुमार न्याैपाने र शर्मिला तामाङ रहेका छन,।  यसैगरी पुर्व बिद्याथी निर्मल भट्टराई,तिर्थराज खरेल र मुनिया चाैधरी रहेका छन । यसैगरी बिद्यालयले उत्कृष्ट बिद्यार्थी काे रुपमा भिमकुमारी बस्नेतलाई सम्मान गरिएकाे छ ।

प्रदेश सभा सदस्य हाेम बहादुर थापाकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा शिक्षा विकास ईकाइका प्रमुख राजकुमार बि क , कमल गाउँ पालिकाका अध्यक्ष  हुकुम सिह राई र  उपाध्यक्ष प्रमिला तिवारीकाे आतिथ्यता रहेकाे थियाे । कायर्क्रम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तिर्थबहादुर थापा अध्यक्षतामा भएकाे थियाे ।  सो अवसरमा शिक्षक तथा विद्यार्थीहरुले विभिन्न आकर्षक नृत्यसहित साँस्कृतिक कार्यक्रम सञ्चालन गरेका थिए । त्यस्तै बिद्यालयमा लखनपुर खानेपानीद्धारा निर्मित खानेपानीको हस्तान्तरण गरिएको थियो ।

Facebook Comments Box