लागुऔषध मुद्धामा फरार महिला कारागार चलान

Author Nishkarsha News
२०७९ पुष २८, बिहीबार १९:४२

दमक/ लागुऔषध गाँजा) मुद्धामा फरार एक जना महिला कारागार चलान भएकी छिन । २०७७ असोजमा झापा जिल्ला अदालतबाट ७ महिना कैद सजाय सुनाइएकी कमल गाउँपालिका वडा नं ३ की भिमकुमारी लावती बिहिबार कारागार चलान भएकी हुन ।
उनलाई बुधबार प्रहरीले पक्राउ गरेको थियो । उनलाई अदालतले ७ महिनाको कैदसंगै २ हजार रुपैयाँ जरिवाना तोकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिए ।

 

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्