दमक/ झापा दमकका स्थापित व्यवसायी नेता देवीप्रसाद ( गोपाल ) गुरागाइँलाई नेपाली कांग्रेसले लोकतान्त्रिक व्यवसायी तथा कांग्रेसका समर्थक शुभेच्छुकहरुको बाक्लो उपस्थितीका बीच स्वागत गरेको छ ।
गुरागाइँ दमक उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य , द्धितीय उपाध्यक्ष, प्रथम उपाध्यक्ष हुँदै हाल वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा छन ।
यसअघि नेकपा एमाले सम्बद्ध राष्ट्रिय वाणिज्य संघको तर्फबाट लोकप्रिय मतसहित उद्योगी व्यवसायीहरुको साझा संस्था दमक उद्योग वाणिज्य संघका हरेक निर्वाचनमा निर्वाचित हँुदै आएका गुरागाइँलाई आसन्न दमक उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्षको बलियो दाबेदारका रुपमा हेरिँदै आएको थियो ।

लामो समयदेखि पार्टी संगठनमा सक्रिय रहेर व्यवसायिक तथा सामाजिक संघ संस्थाहरुमा समेत नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएका गुरागाइँको कांग्रेस प्रवेशलाई दमकको राजनीतिक, सामाजिक र व्यवसायिक क्षेत्रमा निक्कै अर्थपूर्ण रुपमा हेरिएको छ । उनलाई कांग्रेस दमक नगर समितिले बिहिबार औपचारिक कार्यक्रम गरी स्वागत गर्नुका साथै पार्टी सदस्यता प्रदान गरेको छ ।
कांग्रेस दमक नगर समिति सभापति प्रकाश प्रसाइँको सभापतित्व र जिल्ला उपसभापति शेरबहादुर भट्टराईको प्रमुख आतिथ्यमा आयोजित संक्षिप्त कार्यक्रमका बीच पार्टीका एक नम्बर प्रदेश समिति सदस्यद्धय भुमिराज राई, चन्द्रा खडका भट्टराई, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, महाधिवेशन प्रतिनिधिहरु सुरेश सुब्बा, अइन्द्र केरुङ, राजनबहादुर ढुंगाना, डा. नेत्र बहादुर बुढाथोकी, मन्दरा चिमरिया पौडेल, विक्रम अधिकारी, महाधिवेशन प्रतिनिधि एवं संघकी तृतीय उपाध्यक्ष रमा लिम्बु लोकतान्त्रिक व्यवसायी संघ दमक नगर अध्यक्ष बबरजंग थापा, तरुण दल झापा ५ का सभापति समेत रहेका दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकूल श्रेष्ठ,नेपाल साँस्कृतिक संघका केन्द्रिय सदस्य दिलबहादुर बुढाथोकी, पार्टीका नगर उपसभापति युवराज खनाल (सागर) लगायतले उनलाई सम्मानसहित स्वागत गरेका थिए ।
उनीहरुले यहाँको व्यवसायिक नेतृत्वको इतिहासमा गुरागाइँको योगदानको उच्च मुल्याङकन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन । सो अवसरमा कांग्रेस झापा क्षेत्र नं ५ खका सभापत िरवि केसीले स्वागत गर्दै कार्यक्रमको औचित्यमाथि प्रष्टाएका थिए भने कांग्रेस नगर सचिव रामचन्द्र अधिकारीले कार्यक्रम सञ्चालन गरेका कांग्रेस दमक नगरका अर्का सचिव दिपेश दाहालले जानकारी दिए ।
