दमक/ प्रदेश १ सरकारको मन्त्रिमण्डल विस्तार हुने भएको छ। नेकपा माओवादी केन्द्र सरकारमा सहभागी हुने भएपछि सरकार विस्तार गर्ने लागिएको हो। माओवादी केन्द्रबाट जीवन आर्चाय र दुर्गा चापागाईंलाई मन्त्रिमण्डलमा पठाउने तयारी गरिएको छ। त्यस्तै, एमालेबाट एकजना मन्त्रिमण्डलमा सहभागी हुने भएका छन्। एमालेबाट बुद्धिकुमार राज भण्डारी सहभागी हुने बताइएको छ।
नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको माओवादीले आधा-आधा कार्यकाल आलोपालो सहमति नभएको भएको भन्दै सरकारमा जान मानेको थिएन ।
त्यहीकारण मुख्यमन्त्री कार्कीले गत सोमबार सानो आकारको मन्त्रिमण्डल गठन गरेका थिए।
त्यसबेला कार्कीले एमालेका तिलकुमार नेम्वाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्ति प्रसाद सिटौला र जनता समाजवादी पार्टीकी सांसद निर्मला लिम्बूलाई मन्त्री बनाएका थिए ।