दमक/  मोरङ र सुनसरीका छुट्टाछुट्टै स्थानहरुबाट प्रतिबन्धित औषधी र गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको उर्लाबारी नगरपालिका–२ माझि टोलस्थित आइतबार राती ९ बजे अस्थाई प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा २० बर्षीय सन्जिब सहनी र चुलाचुली गाउपालिका–१ ईलामका १६ बर्षीय ममता देवानको साथबाट प्रतिबन्धित औषधी ट्रामाडोल ८१ क्यापसुल र स्पानसिप ८१ चक्की फेला पारी नियन्त्रणमा लिएको हो ।

यसैगरी धरान उपमहानगरपालिका–१३ सुम्निमा चोकमा ४७ बर्षीय राम गुरुङको घरमा गाँजा राखेको बिशेष सुचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर र ईलाका प्रहरी कार्यालय धरानबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले गुरुङले प्रयोग गर्ने को १ ह १८५६ नम्बरको अटो र घरबाट १७ केजी गाँजा फेला पारेको प्रहरीले पक्राउ गरेको हो ।

 

Facebook Comments Box